वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

उत्तर कोरियाबाट रुसी कूटनीतिज्ञहरु ट्रलीमा फर्किए आफ्नो देश

उत्तर कोरियाबाट रुसी कूटनीतिज्ञहरु ट्रलीमा फर्किए आफ्नो देश

एजेन्सी । रुसी कूटनीतिज्ञहरुको एक समूह परिवारसहित उत्तर कोरियाबाट आफ्नो देशतर्फ फर्किएका छन् ।

ती कूटनीतिज्ञहरुले उत्तर कोरियाबाट बाहिर जानका लागि हातले धकेलिने रेलको ट्रली प्रयोग गरेको बताइएको छ । उत्तर कोरियामा कोरोना महामारीका कारण कडा प्रतिबन्धहरु लगाइएका कारण उनीहरुले यसरी उत्तर कोरिया छोड्नु परेको हो ।

उनीहरुले रुसी सीमासम्म करिब एक किलोमिटर रेलेको ट्र्याकसम्म ट्रलीलाई धकेलेर जानु परेको बिबीसीले जनाएको छ ।

उत्तर कोरियाले संक्रमणलाई फैलन नदिन धेरैजसो यात्रुवाहक सवारी साधनहरुमाथि प्रतिबन्ध लगाएको छ । सीमामा पनि अतिरिक्त सुरक्षाबल तैनाथ गरिएको छ ।

रुसी विदेश मन्त्रालयले फेसबुकमा एक पोस्ट लेखेको छ, ‘सीमा एक वर्ष भन्दा लामो समयदेखि बन्द रहेको र यात्रुहरुमाथि आगमनमा प्रतिबन्ध लगाइएका कारण अब यात्रा लामो र कठिन भएको छ ।’

विदेशमन्त्रालयबाट जारी एक तस्विरमा कूटनीतिज्ञशरुलाई ट्रलीमा आफ्नो सुटकेसका साथ देख्न सकिन्छ । एक भिडियोमा रुसी सीमामा प्रवेश गर्दाका दौरान उनीहरु खुशीले चिच्याएको पनि देख्न सकिन्छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव