वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थपियो

कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थपियो

बोगोटा । कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थप गरिएको छ । राष्ट्रपति इभान डुकले फेरी सङ्कटकालको म्याद थप्ने निर्णय भएको शुक्रबार जानकारी दिए ।

कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकोले देशव्यापी सङ्कटकालको अवधि फेरि बढाउनु परेको उनको भनाइै छ ।

कोलम्बियामा झण्डै तीन महिनादेखि स्वास्थ्य सङ्कटकाल लागु भएको हो । ‘यसअघि लगाइदै आएको स्वास्थ्य सङ्कटकालको अवधि यही फेब्रुअरी २८ मा सकिँदैछ, तर आज नै हामीले त्यसको म्याद पुनः थप्ने निर्णय गरेका छौँ,’ डुकले भने ।

सङ्कटकालको म्याद फेरि थपिएको जानकारी अहिले नै दिनु उपयुक्त लागेको उनले बताए । स्वास्थ्य मन्त्री फर्नान्डो रुइजसहितको विज्ञ तथा सरोकारवालाहरुको टोलीले गरेको अध्ययन, छलफल र परामर्शका आधारमा सरकारले सङ्कटकाल लम्ब्याउने निर्णय गरेको उनले स्पष्ट पारे ।

अहिले थप गरिएको सङ्कटकालको अवधि आगामी मे ३१ सम्म कायम रहने राष्ट्रपति डुकुले जानकारी दिए ।

कोलम्बियामा पछिल्लो २४ घण्टामा तीन हजार ६८३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने देशभरी अहिलेसम्म कुल २२ लाख ४१ हजार २२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कुल सङ्ख्या ५९ हजार ३९६ पुगेको पनि मन्त्रालयको तथ्याङ्क छ । – सिन्ह्वा

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव