कला, संगीत तथा साहित्य युवा सञ्जालको अध्यक्षमा सुवोध गौतम 

भक्तपुर । राष्ट्रिय युवा परिषद अन्तर्गत रहने कला , संगीत तथा साहित्य युवा सञ्जालको अध्यक्षमा हास्यब्यङ्ग्य कलाकार सुवोध गौतम चयन भएका छन् । सोमबार सानोठिमी स्थित युवा परिषदमा भेला भएका विभिन्न क्षेत्रका युवा कलाकारहरुले गौतमलाई चयन गरेका हुन् ।

सञ्जालको उपाध्यक्षमा सन्ध्या सानु र दावा लामा , सचिवमा विपिन किरण, सह–सचिवमा राजकुमार हुमागाई, कोषाध्यक्ष आशा लामा, सह–कोषाध्यक्ष सुशील ठकुरी र प्रवक्तामा नयन सोडारी चयन भएका छन् ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा कलाकारहरुको सञ्जालले युवा सहभागिता , परिचालन र नेतृत्व विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने वताए । कार्यक्रममा परिषदका प्रशासकीय  प्रमुख रमाकान्त शर्मा, उपसचिव चन्द्र थापा लगायतको उपस्थिति थियो । 

May be an image of 3 people, people sitting, people standing, tree and outdoors

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर