हाँस्य कलाकार घनश्याम गौतमको गाईजात्रे झटारो ‘लुटतन्त्र’ 

काठमाडौं ।  खुलेर हास्य व्यङ्ग्य प्रस्तुत गर्न पाइने एक मात्र पर्व अर्थात गाईजात्राको अवसर पारेर हाँस्य कलाकार घनश्याम गौतम नक्कली प्रचण्डले हास्य व्यङ्ग्य गाईजात्रे झटारो ‘लुटतन्त्र’ बजारमा ल्याएका छन् ।

कलाकार गौतमका अनुसार भिडियोको रुपमा सार्वजनिक गरिएको लुटतन्त्रमा समसामयिक राजनीतिक विषयवस्तु तथा नेताहरुको अकर्मण्यतामाथि तीखो व्यङ्ग्य प्रहार गरिएको छ ।

यो प्रस्तुतिमा डाँडाघरे साइँली गीतमा प्यारोडी पनि बनाइएको छ । यो गीतमा कलाकार गौतमकै शब्द तथा स्वर रहेको छ भने कविता श्रेष्ठले उनलाई गायनमा साथ दिएकी छिन् ।

कोचे युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको लुटतन्त्रमा कलाकारहरु सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना , प्रेम शर्मा पौडेल, सरिता राजोपाध्याय, गीता थापा, डम्बर घिमिरे, पशुपति दंगाल, विष्णु रोक्का, सबिता खड्का, सानू घायल, सुरेन्द्र क्षेत्री ,खगेन्द्र गुरागाईँ, मनकुमार विश्वकर्मा, सुलभ श्रेष्ठ, राजु तिमल्सिना लगायत छन् ।

व्यस्थापनमा सुरेन्द्र क्षेत्री, प्रमुख व्यवस्थापनमा सानू घायल, मेकअप सुमन शंकर, छायांकन केशव अधिकारी खत्री, निर्माता कोचे मल्टिमिडिया, सह निर्माता अभियान साहित्य कलाकार समाज रहेको छ भने संयोजन, कोरियोग्राफी तथा सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन् ।

लेखन, परिकल्पना तथा निर्देशन भने घनश्याम गौतम नक्कली प्रचण्डले गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर