बहुप्रतीक्षित फिल्म ‘प्रेम गीत–३’ विश्वका १२ सय थिएटरमा रिलिज

काठमाडौं ।  बहुप्रतीक्षित फिल्म ‘प्रेम गीत–३’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । नेपालसँगै विभिन्न देशमा फिल्म प्रदर्शनमा आएको हो। 

भारतसहितका केही देशमा हिन्दी भाषामा प्रदर्शन गरिएको छ। भारतका थिएटरमा नेपाली सिनेमा हिन्दीमा डबिङ भएर रिलिज भएको यो नै पहिला फिल्म हो।

नेपालमा भने नेपाली संस्करण मात्रै प्रदर्शनमा आएको छ। ‘प्रेम गीत–३’ विश्वभरका १२ सय थिएटरमा प्रदर्शनमा आएको सनेले दाबी गरे। भारतमा मात्र ५ सयभन्दा धेरै हलमा रिलिज भएको निर्माण पक्षको दाबी छ। 

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन्। प्रेम पुरी, मनिष राउत, सुनिल थापा, शिव श्रेष्ठ, लक्ष्मी बर्देवा, जीवन भट्टराई, अनुभव रेग्मी लगायतका कलाकारको पनि यसमा अभिनय छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर