‘ह्यारी कि प्यारी’ फिल्मको गीतमा रेखा थापा (भिडियो)

काठमाडौं ।  डा.कपिल रिजालको डेब्यु निर्देशनमा बनेको नेपाली फिल्म ‘ह्यारी कि प्यारी’ को पहिलो गीत ‘धरहरा’ सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फिल्मको उक्त गीत सार्वजनिक गरिएको हो ।

डा.भोला रिजालका शब्द तथा शिखर सन्तोषको संगीत निर्दोशनको उक्त गीतमा सपनकुमार राई तथा मीना निरौलाको स्वर सुन्न सकिन्छ । गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन् ।


कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री थापासँगै अभिनेताद्वय जितु नेपाल र विजय बराल पनि फिचर्ड छन् ।

बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्ममा जितु र विजयसंगै साम्राज्ञी राज्यलक्ष्मी शाह, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ ।

 


डा.कपिल रिजालको प्रस्तुति निर्माण भएको फिल्ममा रिजालकै कथा छ भने सुदीप बराल, गिरीराज घिमिरे, डा.रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा र संवाद लेखेका हुन् ।

फिल्ममा डा.भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

विजय बस्यालले पोस्टर डिजाइन गरेकको फिल्मको पोष्ट प्रोडक्सनको सम्पूर्ण कार्य मुम्बईमा गरिएको हो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर