पिर्के सलामी खाने गृहमन्त्री लामिछानेलाई अभिनेत्री पन्तको व्यङ्ग्य

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा केही सुधार गर्ने थालनी गरिरहेका छन् । तर परम्परागत कतिपय विषयलाई तोड्न नसक्दा उनको कटु आलोचना पनि भईरहेको छ ।
सुरक्षा निकायका अधिकारीहरुसँग एउटै मञ्चमा बस्दा समान हैसियतको सोफामा बस्न आग्रह गरेका लामिछानेको सामाजिक सञ्जालमा प्रशंसा भएको थियो । तर लगत्तै उनले पिर्का माथि चढेर नेपाल प्रहरीबाट सलामी लिएको विषयले उनको आलोचना पनि भईरहेको छ ।
त्यसरी आलोचना गर्नेमध्ये कए हुन् अभिनेत्री सुरक्षा पन्त । पन्तले पनि लामिछानेलाई व्यंग्य गर्दै ‘पिर्का’शीर्षकको कविता लेखेकी छन्।
पन्तको कविता :
‘पिर्का’
के रहेछ पिर्काको कथा
जसले पनि बोलेको हुन्छ
के रहेछ हिमालमा
जो पनि चढेको देखिन्छ
पिर्का र हिमालमा केही त फरक हुन्छ
नत्र हिमाल चढेपछि
हिमालहरु,अरु,आँखा जुधाउँछन्
आफूतिर बोलाउँछन्
अनि गुनगुनाउँछन् आँटको गाथा
चिसो हावाले गाला चिमोट्छ यसरी
कति खेर! झरम जस्तो हुन्छ, तल्तिर
लाज लागेर नि !
केही त अलौकिक छ उचाइमा
पिर का!
ओर्लन जान्ने
ताल परे चढ्दिन जा!
भन्ने मान्छे
नभएर त पक्कै होइन?
यो त एउटा कालखण्ड, जसको घमण्ड!
कठै! बानी बन्दै हो
प्रभुत्व अगाडी कदै सानो छ त आफ्नो
हामी आफै भन्दो हो?
“इतिहासको अगाडी कसैको केही लाग्दैन”
चुनि चुनि बुनि बुनि पठाएका
आफ्नै मुटुका टुक्रा उभिँदा पनि
पिर्का फित्तिकै भाँचिदैन।
मानौं!
स्वदेशी रोजगारी
स्कुल देखि पदमा पुग्छे हाम्री पियारी!
यता चढे उता बढे भने
खेतहरु बाँझो नहुने तयारी
के भो त अनि?
पिर्काहरु अझै बन्नु पर्छ ।
जुन हेर्दा मैदान जस्तो होस्
या होस् सूर्यमुखी फूल सरी
संरचना यसको फेरिनै पर्छ।
कम्तिमा पनि अन्जुली जस्तो त होस्
जसमा मुलको पानी, थपि थपि पिउन मिल्छ।
प्रतिकृया दिनुहोस