लोकदोहोरी गायक भीम पौडेलको निधन 

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि विरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी बताउँछन् । उनको घरमै निधन भएको हो । 

पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए । रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको बताउँछन् ।

“भीम शालिन स्वभावको प्रतिभावान गायक हुन् । उनको निधन समग्र लोक दोहोरी क्षेत्रकै लागि अपुरणीय क्षति हो,” उनले भने । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर