राजेशपायल राईले डेढ वर्ष अघि नै २६ वर्ष कान्छी प्रेमिकासँग विवाह गरेको खुल्यो

काठमाडौं । चर्चित आधुनिक गायक राजेशपायर लाईले आफूभन्दा २६ वर्ष कान्छी प्रेमिकासँग विवाह गरेको खुलेको छ । उनले आफ्नी प्रेमिका खोटाङकी साङबुङ राईसँग विवाह गरेको विवाह दर्ता प्रमाणपत्र सार्वजनिक भएको हो । 

उनीहरुले २०७८ साल भदौ १ गते विवाह गरेको र २०७९ मंसिर २६ गते काठमाडौं महानगरपालिका, ३१ को वडा कार्यालयमा विवाह दर्ता गरेका छन् ।

डेढ वर्ष अघि उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ । यी दुईजनाबाट एक सन्तानको पनि जन्म भएको छ । विवाहलाई मिडिया खुलासा गरेपनि राजेशपायलले अहिलेसम्म औपचारिक रुपमा केही खुलाएका थिएनन् । उनको फेसबुक प्रोफाइलमा समेत सिंगल लेखिएको छ ।

विवाहअघि उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । गत दशैंको महाष्टमीको बेला यी दुईले सन्तानलाई जन्म दिएको खुलासा भएको थियो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर