चर्चामा ऐश्वर्या रायको चाँदीको पहिरन 

काठमाडौं– । फ्रान्समा सञ्चालन भईरहेको २०२३ कान्स फिल्म फेस्भिवलको रेड कार्पेटमा बलिउड अभिनेत्री तथा विश्व सुन्दरी ऐश्वर्या राय चाँदीको पहिरनमा प्रस्तुत भएकी छिन् ।

भारतीय अभिनेत्रीे रायमा लगाएको चाँदीको पहिरनका कारण अहिले चर्चामा छिन् । उनले सोफी कउचरको डिजाइनमा तयार भएको चाँदीको गाउन र कालो हुडी लगाएकी थिईन् ।


यसपटक आफ्नी छोरी आराध्यालाई लिएर कान्समा उपस्थित ऐश्वर्याले २००२ मा कान्स फेस्टिबलमा डेब्यु गरेकी थिईन् । यो उनको कान्स फेस्टिबलमा २१ औं उपस्थिति हो । उनको यो लुक बाहिरिएपछि उनका फ्यानहरु एकदमै खुसी देखिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर