ऋषि धमलाकी पत्नीले छोडिन रेशम चौधरीको पार्टी

धरान । प्रवेश गरेको छोटो समयमा नै पत्रकामर ऋषि धमलाकी पत्नी एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी छन् । 

कलाकार तथा प्राइम टेलिभिजनको अध्यक्षसमेत रहेकी गैरराजनीतिक व्यक्ति गौतमले चौधरीको पार्टी परित्याग गरेकी हुन् । उनी सो पार्टीको महिला विभाग प्रमुख थिईन् । 

सामाजिक सञ्जालमार्फत उनले आफू अब राजनीति छाडेर समाजसेवामा सक्रिय हुने बताएकी छन् ।

गौतमले आफू धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको बताएकी छन् ।

 ‘यस पटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन्’, मेयर हर्कसितको तस्वीरसहितको पोस्टमा उनले लेखेकी छन् । हाल उनी कोशी प्रदेशतिरकै यात्रामा छिन् ।

एलिजाले फेसबुकमा यस्तो लेखेकी छन्ः
‘धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ ।

म निकै खुशी छु । सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।

दलको सक्रिय राजनीति गर्नेहरूई एकचोटि धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।

राजनीति छोडेको घोषणा गर्दै एलिजाले लेखिन्– मेयर हर्कको कामबाट प्रभावित छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर