‘डेढ वर्षदेखि मानिसहरुले मसँग के खोजेका हुन् थाहा छैन’
काठमाडौं । मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले आफ्नो व्यक्तिगत जीवनका विषयमा सामाजिक सञ्जालमा व्यक्त विचारप्रति निराशा र आक्रोष व्यक्त गरेकी छन् । आफ्नो व्यक्तिगत जीवन खोतल्न डेढ वर्षदेखि धेरै मानिस पछि लागेको उनले आरोप लगाएकी छन् । आफूले कसैको केही नबिगारे पनि आफ्नो पछि मानिसहरू लागेको उनको भनाइ रहेको छ ।
‘मैले कसैको केही बिगारेको छैन । मेरो पछि कति परेका हुन्’, उनले भनिन् ‘जति नै पछि परे पनि उनीहरूलाई दिने मसँग उत्तर छैन ।’
एक युट्यूब च्यानलमा पटकाष्टमा कुरा गर्दै खतिवडाले मानिसहरू आफ्नो जति नै पछि लागे पनि व्यक्तिगत जीवन भने नखोल्ने बताईन् ।
‘म पब्लिक पर्सन हो, थाहा छ’, उनले अगाडि भनेकी छन् ‘म मिस नेपाल हुँदा मेरो जीवनको व्यक्तिगत कुरा खोतल्छु भनेर कतै साइन गरेकी छैन ।’
‘मानिहरुले मेरो रियाक्सन खोजेको हो कि । डेढबर्ष भइसक्यो कति चिढाउने काम गरिरहेका हुन्’, उनले अगाडि भनिन् ‘तर म रियाक्सन दिन्न ।’
‘मानिसहरूले आफूबाट के खोजिरहेका थाहा छैन । त्यसको उत्तर मसँग पनि छैन, दिँदा पनि दिन्न’ उनी थप्छिन् ।
उनले आफ्नो पछि लाग्नेलाई जति उत्तर दिएपनि नपुग्ने धारणा समेत राखेकी छन् । भन्छिन्, ‘त्यो उहाँहरुको मेन्टालिटीको प्रोवलम हो । मेरो होइन ।’
खतिवडा पछिल्लो समय प्रेमका कारण चर्चा रहँदै आएकी छन् । उनको प्रेम र ब्रेकअपले मिडिया समेत राम्रो स्थान पाउने गरेको छ ।
केही समय अगाडि श्रृङ्खलाको नाम कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहियाका छोरा सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडिएको थियो । उनी सिरोहियाको एक पारिवारिक समारोहमा समेत सहभागी भएकी थिइन् ।
त्यसअघि उनी सिसन बानियासँग सम्बन्धमा रहेकी थिईन ।
प्रतिकृया दिनुहोस