तनस्का फेसन शोः मोडलदेखि सेलिब्रेटीसम्मको ‘क्याटवाक’ (फोटोफिचर) 

विराटनगर । विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म र्‍याम्पमा उत्रिएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले शनिवार साँझ आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर र्‍याम्पमा उत्रिएका हुन् ।

फेसन शो मा तनस्काका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर दुई पुरुष र १६ महिला गरी १८ जना मोडेल प्रदर्शनीमा निस्किए । पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी ¥याम्पमा उत्रिए । 

उनीहरुसँगै चर्चित मोडेल कार्की र कलाकार निरौला पनि ¥याम्पमा उत्रिँदा कार्यक्रममा थप रौनकता बढ्यो । विराटनगर–३ गोग्राहा चोकस्थित कञ्चनजंघा व्याङ्केटमा भएको फेसन शो मा खचाखच दर्शक थिए । कार्यक्रममा गायिका सत्यकला राई र ¥याम्पर शैलेश निरौलाको सांगीतिक प्रस्तुतीले पनि कार्यक्रममा रौनकता बढायो । 

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाकी उपप्रमुख सिल्पा निराला कार्कीले तनस्काका विद्यार्थीहरुले तयार गरेका कपडा निकै उत्कृष्ट रहेको भन्दै प्रशंसा गरिन् । 

नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले विराटनगरको फेसन डिजाइन क्षेत्रमा तनस्काले नयाँ आयाम थपेको प्रतिक्रिया दिए ।

कार्यक्रममा तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन फेसन शो गरिएको जानकारी दिइन् ।

भारतको कोलकतास्थित नेसनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी कलेजबाट फेसन डिजाइनमा स्नातकोत्तर गरेकी बनिसाले २०७७ सालबाट फेसन स्टुडियो सञ्चालन गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर