गदर–२ भारतीय बक्स अफिसः दुई सय करोड क्लबमा

काठमाडौं । सन्नी देओल र अमिषा पटेल अभिनीत बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । गत शुक्रबार रिलिज भएको यो फिल्म पाँचौँ दिनसम्म आइपुग्दा दुई सय करोड क्लबमा प्रवेश गरेको छ । यो सँगै फिल्म ग्लोबल कमाई तीन सय करोड नजिक पुगेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको कुल कमाई २२९ करोड भारु रहेको छ । 

बलिउड हङ्गामाको रिपोर्ट अनुसार फिल्मले विश्वभर २९०।५९ करोड भारु कमाई गरेको छ । यो छिट्टै तीन सय करोड क्लबमा पुग्ने अनुमान गरिएको छ ।

अनिल शर्माले निर्देशन गर्नुभएको फिल्ममा अमिषा पटेल र उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ ।

यस्तै, फिल्मले स्वतन्त्रता दिवसमा ५५ करोड भारु कमाएको हो । योसँगै फिल्म १५ अगस्टमा भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यो सनी देओलको अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर