अभिनेता अनमोल केसी पक्राउ 

काठमाडौं । भुवन केसीका छोरा अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोलीले केसीलाई पक्राउ गरेको हो।

कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

जाहेरीकर्ता सुप्रिया कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि एक करोडभन्दा बढी पैसा लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्।

‘पैसा लगेर सम्झौता नगरेको र सुटिङमा पनि नआएको भन्ने उजुरी परेपछि हामीले दुबै पक्षलाई छलफलका लागि बोलाएका थियौं,’एसएसपी राठौरेले भने,‘पटक–पटक बोलाउँदा पनि केसी आउनुभएन। प्रहरीले के गर्न सक्छ गरोस् भन्ने जवाफ दिनुभयो।’

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको रेग्मीले जानकारी दिए । प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर