भारतमा डीपफेक आतङ्कः सचिन तेन्दुलकरकी छोरी सारा तनावमा 

काठमाडौं । भारतमा डीपफेकको दुरुपयोगका घटनाहरू दिनानु दिन बढ्दै गइरहेको छ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको मोर्फ्ड भिडियो र बलिउड अभिनेत्री कट्रिना केफको फोटोमा छेडखानीको घटना सेलाउन नपाउँदै स्टार क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरको फोटो बाहिरिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको यो फोटोमा सारा क्रिकेटर शुभमन गिलसँग देखिएकी छिन् । पछिल्ला केही दिनयता सारा र शुभमनबीच डेटिङ चलिरहेको अफवाह चलेको छ । डेटिङको अफवाहलाई पुष्टि गर्न यो फोटो पोष्ट गरिएको अनुमान गरिएको थियो । तर अहिले आएर सो फोटो नै नक्कली भएको बताइएको छ । साराले सेप्टेम्बर २४ मा आफ्नो भाइ अर्जुन तेन्दुलकरको जन्मदिनको दिनमा उनलाई शुभकामना दिँदै इन्ष्टाग्रामको एकाउन्टमा दुवै जनाको तस्बिर राखेकी थिइन् ।

सोही तस्बिर निकालेर एआई डीपफेकको मद्दतले अर्जुनको अनुहारको ठाउँमा शुभमनको अनुहार हालिएको खुलासा भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर