अभिनेत्री दिपाशा बीसीको उपचारका क्रममा निधन

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको हो ।
विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको बताईएको छ।
‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।
उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।
प्रतिकृया दिनुहोस