शाहरूख खानकी छोरीको डेब्यू फिल्मको ट्रेलर आयो

काठमाडौं । बलिउड किङ शाहरूख खानकी छोरी सुहाना खानले अभिनयमा डेब्यू गरेको फिल्म ‘द आर्चिज’ को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार नेटफ्लिक्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा युवाहरूको मित्रता र पार्क भत्काउन नदिन गरेको संघर्षलाई देखाइएको छ। 

जोया अख्तर निर्देशित फिल्मबाट सुहाना खानसँगै श्रीदेवीकी छोरी खुसी कपूर, अमिताभ बच्चनका नाति अगस्त्य नन्दा पनि डेब्यू गर्न लागेका हुन्। उनीहरूको डेब्यूलाई लिएर बलिउड फिल्मकर्मीहरूले बधाई तथा शुभकामना दिइरहेका छन्।

फिल्म अमेरिकी कमिक बुक सिरिज ‘द आर्चिज’ मा आधारित छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर