इण्डियन आइडलमा चम्कँदै मेनुका पौडेल, आयो फिल्म खेल्ने प्रस्ताव

काठमाडौं । इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेललाई भारतीय चलचित्र खेल्ने प्रस्ताव आएको छ । उक्त शोको दिपावली विशेष एपिसोडमा एक अतिथि निर्देशकले उनलाई फिल्ममा अभिनय र गायनको प्रस्ताव राखेका हुन् ।

मेनुकाको गायकीबाट प्रभावित भएर उनले इण्डियन आइडलको स्टेजमा भनेका छन्, ‘एउटा फिल्म जो जुन लामो समयदेखि बनाउने तयारी छ । एक गायिका जसले आफ्नो स्वरबाट सबैको मन जित्छिन् र देख्न सक्दिनन् । त्यो फिल्म ‘लभ एट फस्ट साउण्ड’को कथावस्तुमा आधारित हुनेछ ।’

फिल्मको प्रपोज भएपछि जज् पनि खुशि भएर ताली बजाएका छन् ।

कतिपय भारतीय संचारमाध्यमले लता मंगेशकरको आवाजसँग मेनुकाको आवाजलाई पनि तुलना गरिरहेकी छन् । अहिले उनी टप १५ मा प्रतिस्पर्धा गरिरहेकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर