भ्वाइस अफ नेपाल सिजन ५ को विजेता बने इलामका बिनोद राई 

काठमाडौं । सिङइङ रियालिटि फ्रेन्चाइज सो भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । 

शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा इलामका राईले उपाधि उचालेका हुन् ।

बिजेता राई कोच मिलन नेवार समूहको हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् । 

मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर