देउवापुत्र जयवीर आज लगनगाँठो कस्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंहको विवाह आज हुँदै छ । गायिका शिवानी श्रेष्ठसँग जयवीरले आज लगनगाँठो कस्न लागेका हुन् ।

विवाहमा फूल माला, खादा र उपहार भने नल्याउन निम्तालुलाई आग्रह गरिएको छ । आज विवाह गरे पनि प्रिति भोज भने २ फागुनमा आयोजना हुने छ । गत १९ जेठमा जयवीर र शिवानीले इन्गेजमेन्ट गरेका थिए ।

विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ ।  उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ ।

देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ । जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ ।   त्यसअघि आफन्त र निकटस्थहरूलाई होटल सोल्टीमा पनि पार्टी दिइनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर