आज देशभरका चलचित्र हल किन बन्द हुने ?

काठमाडौँ । आज सोमबार देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । 

केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो । 

सो निर्णयको समर्थन गर्दै क्युएफएक्स मल्टिप्लेक्सले पनि हल बन्द हुने जनाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर