पाकिस्तानी ह्याण्डसम गायक आतिफ असलम नेपाल आउने

काठमाडौं । पाकिस्तानका चर्चित तथा ह्याण्डसम गायक आतिफ असलम नेपाल आउने भएका छन् । असलमले नयाँ वर्षको पूर्वसन्ध्यामा होटल ह्यात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने जनाइएको छ । 

चैत ३० गते ‘आतिफ असलम लाइभ इन नेपाल’ मा प्रस्तुति दिने असलम त्यसको एक दिनअघि नै नेपाल आउँदै छन् । कार्यक्रम एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले गर्न लागेको हो ।

आयोजकका अनुसार केही दिनको नेपाल बसाइमा उनले उनले विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गर्नेछन् । सांगीतिक कार्यक्रमका लागि असलम दोस्रोपटक नेपाल आउन लागेका हुन् ।

उनी यसअघि सन् २०१२ मा दशरथ रंगशालामा भएको सांगीतिक कार्यक्रमका लागि नेपाल आएका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर