मदिराले लठ्ठ भएकाे भेटिएपछि विमानस्थलबाट फर्काइए राजेश पायल राई

काठमाडाैं । दुबई जान लागेका गायक राजेश पायल राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।

गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए।

तर उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो।

‘उहाँले धेरै मदिरा सेवन गरेकाले एयरलाइन्सले फर्कायो। हामीले उहाँलाई घर फर्किन अनुरोध गर्‍यौं,’ कार्यालयका प्रवक्ता एसएसपी डम्बरबहादुर विकले भने, ‘सुरूमा मान्नुभएको थिएन। तर पछि हामीले ट्याक्सीमा हालेर घर पठायौं।’ 

राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए।

मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ। उनी मदिरा सेवनकै कारण पटकपटक विवादमा आउने गरेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर