चर्चित सङ्गीतकार गुरुदेव कामतको निधन 

जनकपुरधाम । लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको आफ्नै निवासमा बिहीबार विहान निधन भएको छ । मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त थिए । 

दुबै मिर्गौलाले काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला पर्नुभएका कामतको डायलोसिस उपचार लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो । आज बिहान डायलोसिसका लागि लहान ल्याउन तयारी भएको अवस्थामा उनले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ ।

अहिलेसम्म दस लाख खर्च गरेको थप उपचारका लागि प्रदेश र स्थानीय तहले सहयोग गर्ने तयारी थालेको बेला पिताको मृत्यु भएको कान्छो छोरा समीर कामतले सुनाए ।  

दस वर्षको उमेरमै गाउँघरमा मनोरञ्जनका लागि गरिने नाटक स्टेज कार्यक्रमबाट चम्किएएका गुरुदेव कामत भारतको इलाहावाद र पश्चिम बङ्गालबाट शास्त्रीय सङ्गीत सिकेका थिए ।

२०६१ सालदेखि काठमाडौंमा गुरुकुल सङ्गीत पाठशाला खोलेर सयौंलाई सङ्गीत सिकाएका कामतलाई ६ महिना पहिले दुबै मिर्गौलाले काम गर्न छाडेपछि काठमाडौंमा उपचार गराएर डायलोसिस नियमित गराउन चिकित्सकहरुले दिएका थिए । लहानमा डाइलोसिस गराउँदै आइरहेको उनको कान्छो छोरा समीर कामतले बताए । 

गुरुदेव कामतजस्तो सङ्गीतकार गीतकार प्रष्ट वक्ताको निधनले राष्ट्रले एक महत्वपूर्ण व्यक्ति गुमाएको मैथिली साहित्य परिषद् सिराहाका अध्यक्ष तथा वरिष्ठ लेखक रामरिझन यादवले बताए ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली शास्त्रीय सङ्गीतका धरोहर गुरुदेव कामतको निधनप्रति शोक सन्देश दिए ।  उनको निधनबाट नेपाली शास्त्रीय सङ्गीतको एउटा प्रतिष्ठित व्यक्तित्व गुमाएका छौँ सन्देश मार्फत भनेका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर