इलामा ध्रुवसँग लगनगाँठाे कस्दै गायिका मेलिना राई
काठमाडौँ । गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिन लागेकी छन् । उनले इलामका ध्रुव गुरुङसँग लगनगाँठो कस्न लागेकी हुन् ।
पारिवारिक स्रोतका अनुसार यी दुईबिचको वैवाहिक समारोह शुक्रबार हुँदैछ । वैवाहिक कार्यक्रम गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा हुने भएको छ ।
मेलिना राईका ‘पिरेम नलाउनी’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरि‘’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।
यसअघि २०७९ सालमा उनकाे संगीतकर्मी सञ्जीव बराइलीसंग लगनगाँठो कस्ने निर्णय गरेकाे कुरा चर्चामा थियाे । उनैले फेसबुकमार्फत ‘नयाँ सुरुवात’ भन्दै इन्गेज्मेन्ट गरेको घोषणा गरेकी थिइन् ।
फेसबुकमा उनले सञ्जीवसंगको तस्बिर शेयर गर्दै इन्गेज्मेन्ट गरेको तथा विवाह चाँडै गर्ने उल्लेख गरेकी छिन् । मेलिना र सञ्जीव पछिल्लो दुई वर्षदेखि प्रेम सम्बन्धमा छन् । तर उनीहरूकाे त्याे सम्बन्ध पछि टुट्न पुगेकाे थियाे ।
प्रतिकृया दिनुहोस