युवामैत्री लोकदोहोरी प्रतियोगितामा तारा र सुमनले जिते एक लाख
![](https://samachardainik.com/uploads/news/images/Messenger_creation_097B417D-177B-42A1-92C0-F20FF99D0967.2025-02-09-09-14-18.jpeg)
काठमाडौ । नेपाल सरकार राष्ट्रिय युवा परिषद र परिषद आवद्ध कला,साहित्य युवा सञ्जालद्वारा आयोजित राष्ट्रिय युवामैत्री लोकदोहोरी प्रतियोगिता - २०८१ मा तारा थापा र सुमन खड्का रहेको कर्णाली टिम प्रथम भएको छ। प्रथम हुनेले एक लाख रुपैयाँको पुरस्कार प्राप्त गरेका छन्।
संघीय राजधानी काठमाडौंमा दुई दिन चलेको प्रतियोगितामा पृतम पोखरेल र सबिता परियार रहेको जनकपुर टिमले दोस्रो स्थान हासिल गरी ३० हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन्। त्यसैगरी नारायणी टिमका घनश्याम परियार / जमुना बिश्वकर्मा र राप्ती टिमका प्रकाश दुरा /आशा के.सी. ले तृतीय स्थान हासिल गरेका छन् ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवा जागरण र सशक्तिकरणका विषयमा आयोजना गरिएको लोकदोहरीले कला संस्कृति जोगाउन र युवालाई देशभित्रै केही गर्ने उत्प्रेरणा दिएको वताए।परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले लोकदोहरी मार्फत् नेपाली युवाहरुलाई मुलुकभित्रै आशा र भरोसाको सन्देश प्रवाह गर्न प्रतियोगिता आयोजना गरिएको वताए।
देशभरबाट प्रतिस्पर्धाको आधारमा छानिएका सहभागी मध्ये अन्तिम चरणमा १२ समुहको बिचमा प्रतिस्पर्धा गराइएको कला, साहित्य सञ्जालका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा कोशी, सगरमाथा, जनकपुर,बागमती, नारायणी, गण्डकी, लुम्बिनी, धौलागिरि, राप्ती,भेरी, कर्णाली र सेती काली समुह रहेका थिए । प्रतिस्पर्धामा भाग लिएका सबैको गायकी उत्कृष्ट रहेको कार्यक्रमका निर्णायक समितिका संयोजक लोकगायक चन्द्र शर्माले बताए ।
कार्यक्रममा लोकदोहोरीका राष्ट्रिय धरोहर वरिष्ठ लोकगायक वमवहादुर कार्की र चन्द्रकला शाहलाई अभिनन्दन समेत गरिएको थियो।
प्रतिकृया दिनुहोस