‘नेपाल आइडल विथ शिव परियार’ कार्यक्रममा नायिका तथा मोडल झरना रिसाल पनि सिड्नीमा

काठमाडौं । भ्यालेन्टाइन डे को अवसरमा फेर्बुअरी १४ देखी अष्टेलियाको सिड्नीमा “नेपाल आइडल विथ शिव परियार” सांगितिक कार्यक्रममा नेपालबाट नायिका, मोडल तथा डान्सर झरना रिसाल, गायक शिव परियार, नेपाल आइडलका विजेता किरण परियार, नेपाल आइडलका फस्ट रनरअप सलोमी गुरुङ अष्टेलियामा छन् ।
आजभन्दा ७–८ वर्ष अघिदेखि कलाकारिता क्षेत्रमा लागेकी नायिका, मोडल तथा डान्सर झरना रिसालले अबको १ महिना अष्ट्रेलियामा हुने विभिन्न सांगितिक कार्यक्रममा व्यस्त हुने बताएकी छिन् । नायिका झरनाले ८० भन्दा बढि म्युजिक भिडियो, ३ ओटा फिल्म जसमा कसलाई आफ्नो भनु, परिणाम, भूमि द ग्रेट लेडी जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् । स्थायी घर प्युठान भई हाल ललितपुरको सातदोबाटोमा बसोबास गर्दै आएकी झरनाले केही समय पछि नै नयाँ चलचित्रमा आउने बताएकी छिन् ।
झरना रिसाल म्युजि भिडियोमा मात्र नभएर चलचित्रमा पनि दर्शकले मन पराएकी नायिक हुन ।
प्रतिकृया दिनुहोस