रुकुम पुगेकी रचना रिमाल बिरामी

File_photo

धनगढी । चर्चित गायिका रचना रिमाल बिरामी परेपछि रुकुम पश्चिमबाट हेलिकप्टरबाट उद्धार गरीएकाे छ ।

उनलाइ उपचारका लागि काठमाडौं ल्याइएकाे छ । सानीभेरी गाउँपालिका-३ मा आयोजना गरिएको एक महोत्सवमा सहभागी हुन पुगेकी गायिका रिमाल अकस्मात बिरामी परेपछि उनलाई उपचारका लागि काठमाडौं पुर्‍याइएको छ । 

कार्यक्रम मंगलबारका लागि तय भएको थियो । तर रिमाललाई एक्कासि पेट दुख्ने समस्या आएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । सानीभेरी रंगलशालामा गत जेठ १२ गतेदेखि आयोजना भइरहेको साँस्कृतिक महोत्सवमा सहभागी हुन रिमाल सोमबार आइपुगेको आयोजक डिल्ली परियारले जानकारी दिए ।

‘महोत्सवमा आज उहाँको प्रस्तुति रहने गरी हामीले तयारी गरेका थियौं । तर बिहान एक्कासि पेट दुख्यो भनेपछि तत्काल चौरजहारी अस्पताल पुर्‍याइयो । तर त्यहाँ उपचार नहुने देखेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगियो । त्यहाँबाट आजै बुद्ध एयरको जहाजमार्फत काठमाडौं पुर्‍याइएको छ ।’

गायिका रिमालको अहिले काठमाडौंस्थित ह्याम्स हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर