बिष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक

काठमाडौं । चर्चित गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) बोलको गीत आज युट्यूवमा अपलोड गरिएको हो ।
सधैँझैँ यसपटक पनि माझीले तीज पर्वको पूर्वसन्ध्यामा आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन्।
गीतको भिडिओमा एक चेलीले बिदाइको क्षणमा आँसु लुकाउँदै ‘म त रुन्नँ’ भने पनि उनको हरेक पल संघर्ष र पीडामा बितेको मार्मिक कथा देखाइएको छ।
यस गीतको रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी हुन्। मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई गीतमा एकसाथ नचाइएको छ।
यो गीतमा शम्भु चालिसेको सिनेम्याटोग्राफी र प्रविण भट्ट सम्पादन गरेका छन्।
गत वर्ष माझीको ‘आइनँ आमा यो तीजमा’ बोलको गीत निकै चर्चित भएको थियो। यस पटक तीजलाई लक्षित गरेर सार्वजनि गरिएकाे माझीको गीतमा पनि मोडल ललिता पौडेलले नै अभिनय गरेकी छन्।
एउटै मोडल र पुरानो ढर्राको कोरियोग्राफीले गर्दा फरकपनको आभास हुन सकेको छैन । बिष्णु माझीको गायिकीमा उनकै सिग्नेचर स्टाइल छ ।
प्रतिकृया दिनुहोस