कमेडियन साजनले गरे प्रहरी चाैकी रंगराेगन

काठमाडाैं । हुन् त कमेडियन साजन श्रेष्ठ यस अघि पनि विवादमा परेका कलाकार हुन् । जेनजीकाे प्रदर्शनकै क्रममा पनि उनी सडकमै भ्लग बनाउँदै हिडेका थिए । उनले कतिपय प्रदर्शनकारीले निजी फर्महरूमा हमला गर्दा त्यसाे नगर्न अनुराेध गरिरहेका थिए ।
अहिले फेरि उनले गरेकाे अर्के सकारात्मक कामकाे चर्चा सुरू भएकाे छ ।
जेनजीकाे हमलाबाट ध्वस्त भएको काठमाडौँको स्वयम्बू प्रहरीवृत्तअन्तर्गतको ढल्कोस्थित शोभाभगवती मन्दिरनजिकैको प्रहरी चौकीले साजनकै नेतृत्वमा नयाँ स्वरूप पाएकाे छ।
प्रहरी कार्यालय आगोलागीबाट ध्वस्त भएको देखेपछि कमेडियन साजन श्रेष्ठले यसको निर्माणबारे सोच बनाए। उक्त निर्माणको काम एक्लैले नसक्ने भएपछि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रहरी चौकी निर्माणका लागि स्वयमसेवक चाहियो भनेर पोस्ट गरे।
उनको पोस्ट देखेपछि उनको सोचलाई यथार्थमा बदल्न, उनको हातमाथि हात दिन आउने युवाहरू थपिए। अहिले सरसफाइसँगै रङरोगनको काम सम्पन्न भइसकेको साजन बताउँछन्।
हिजो आवेगमा आएर प्रहरी चौकी जलाउनेहरूको सुरक्षा पनि त प्रहरीले नै दिनुपर्ने अवस्था आएको उनको भनाइ छ। उनले आफ्नो सोचलाई अन्य कमेडियन साथीहरूले हौसला दिएको र अन्य स्वयमसेवकहरूले यथार्थमा परिणत गर्न मद्दत गरेको पनि सुनाए।
उनका अनुसार अब ढल्को प्रहरी चौकीमा खाट ओछ्यानहरूको आवश्यकता रहेको र त्यसका लागि सरसामान जुटाउनेक काम भइरहेको बताए।
साजनकाे टोलीले भदौ २९ र ३० गते दुई दिन लगाएर प्रहरी चौकीमा प्रहरी फर्किने र बस्न योग्य बनाएकाे हाे ।
प्रतिकृया दिनुहोस