बलिउड कलाकार नोरा फतेही परिन दुर्घटनामा
एजेन्सी । बलिउड अभिनेत्री तथा चर्चित डान्सर नोरा फतेही शनिबार दिउँसो सामान्य कार दुर्घटनामा परेकी छन् । दुर्घटनाका कारण उनको टाउकोमा सामान्य चोट लागेको छ । तर, चोटका बाबजुद पनि उनले प्रथामिक उपचार पछि शनिबार साँझ एक कन्सर्टमा आफ्नो प्रस्तुति दिएकी छिन् ।
नोरा ‘सनबर्न फेस्टिभल’मा डेभिड गुएटाको कन्सर्टमा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा रक्सि पिएर चलाइरहेकाे अर्काे सवारी साधनले ठक्कर दिएकाे थियाे । तीव्र गतिमा कार चलाइरहेका एक मदिराले लठ्ठ व्यक्तिले नोराको कारलाई जोडले ठक्कर दिएका थिए ।
नोराले एक भिडियो जारी गर्दै यो घटना दिउँसो ३ बजे भएको जानकारी दिएकी छिन् । ती चालकले नोराको कारलाई मात्र नभई अन्य धेरै मानिसहरूलाई पनि ठक्कर दिएका थिए, जसका कारण केही व्यक्तिहरू घाइते भएका छन् ।
नोरा फतेहीको तर्फबाट उक्त चालकविरुद्ध उजुरी दर्ता गरिएको छ र प्रहरीले ती व्यक्तिलाई हिरासतमा लिइसकेको छ । दुर्घटनाको खबर सार्वजनिक भए लगत्तै नोराले सनबर्नमा दिएको प्रस्तुतिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।







प्रतिकृया दिनुहोस