रामप्रसाद खनालको ‘दुलाहा दुलही’ गीत सार्वजनिक 

काठमाडौ ।  गायक रामप्रसाद खनालको नयाँ पञ्चेबाजा गीत “दुलाहा दुलही” सार्वजनिक भएको छ ।यस गीतमा खनालको आफ्नै शब्द र स्वर रहेको छ भने उनलाई गायनमा चर्चित लोक गायिका पूर्णकला बिसीले साथ दिएकी छिन । यस गीतमा थानेश्वर गौतमको संगीत र आशिश अबिरलको म्युजिक एरेन्ज रहेको छ ।

त्यस्तै गीतमा निर्देशक तथा नायक शंकर बिसीले कोरियोग्राफ गरेका छन । यो भिडियोमा शंकर बिसी र रामप्रसाद खनालले संयुक्त निर्देशन गरेका छन् ।

यस गीतको छायाँँकन दुर्गा पौडेलले गरेका छन् भने भिडियो सम्पादन नबिन घर्ति मगरको रहेको छ । भिडियोमा  करिश्मा ढकाल , किरण केसी, शिवहरी पौड्याल, रामप्रसाद खनाल, शंकर बिसी , समिक्षा बिसी र अन्य कलाकारहरुको अभिनय रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर