• आइतबार ५-८-२०७६/Sunday 08-25-2019/ 11:47 pm

फरार शिल्पा पोखरेल किन पुगिन् पाटन उच्च अदालत

काठमाडौं ।  फरार भनिएकी अभिनेत्री शिल्पा पोखरेल आफूलाई पक्राउ नगर्न निषेधाज्ञा आदेशको माग गर्दै उच्च अदालत पाटन पुगेकी छन् ।

 निषेधाज्ञा आदेश माग गर्दै उनको तर्फबाट कानून व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुरागाई निवेदन सहित उच्च अदालत पाटनमा पुगेका हुन्  । शिल्पाको तर्फबाट साउन १६ गते नै निषेधाज्ञा मागसहितको निवेदन दर्ताका थिए ।

त्यही निवेदनमाथि शुक्रबार बहस भएको छ । बहसमा निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता गुरागाँई र अधिवक्ता मनोजकुमार यादवले बहसले गरेका छन् । निवेदनमा काठमाडौं जिल्ला अदालत, टेकु प्रहरी परिसरलागतय ६ वटा पक्षलाई विपक्षी बनाइएको छ । निवेदन मस्यौदा यादवले गरेका हुन् ।

निवेदनमा पोखरेलले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएकोले पक्राउ गर्ने आदेशलाई रोक्न तत्काल निषेधाज्ञा आदेश हुनुपर्ने माग गरेकी छन् । बहस न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको इजलासमा भएको हो ।

यता शिल्पा र श्रीमान् छबि ओझाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेकी मुद्दाका पक्ष हेमा ओझाको तर्फबाट भने अधिवक्ताहरु स्वागत नेपाल र तुलासाले बहस गरेका छन् । आदेश आउन बाँकी छ ।

छबि भने अहिले पनि गुपचुप नै बसेका छन् । श्रीमान् छबिले बिना जानकारी कानूनविपरीत शिल्पा पोखरेलसँग बिहे गरेको भन्दै बहुविवाह कसुरमा शिल्पा र छबिविरुद्ध मुद्दा हालेकी थिइन् ।

मुद्दा दर्तापछि यही साउन ८ गते काठमाडौं जिल्ला अदालतले शिल्पा र छबिलाई पक्राउ गर्न आदेश पूर्जी जारी गरेको थियो । मुद्दा पक्ष हेमा ओझाकी कानून व्यवसायी नेपालले भने अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको अवस्थामा निषेधाज्ञा निवेदन दर्ता हुनु नसक्ने दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 बिग बोस  सिजन १३ को टिजर रिलिज, हेर्नुस के छ नयाँ ?

  • ८ भदौ, २०७६

मुम्बई । कलर्स टिभिमा प्रशारण हुनै सबै भन्दा विवादित रियालेटी सो बिग बोस सिजन १३ को टिजर रिलिज भएको छ । टिजरमा सलमान खान स्टेशन म्यानेजरको रुपमा

फिल्म ‘साहो’ को ट्वीटरमा आफ्नै ह्यासट्याग 

  • ८ भदौ, २०७६

एजेन्सी । बहुबली सिरिज पछि अन्र्तराष्ट्रिय स्टार बनेका अभिनेता प्रभासको नयाँ फिल्म साहो अगस्ट ३० मा रिलिज हुदैछ । सोहोमा जर्बजस्त स्टोरी र र दम्दार

अमिताभ बच्चनले गरे सम्पतिको खुलासा, मरेपछि कसलाई कतिदिने ?

  • ८ भदौ, २०७६

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन यतिबेला ‘को बन्छ करोडपति’ चलाइ रहेको छन् । उनले ‘को बन्छ करोडपति’को सेटमा आप्mनो सम्पतिको बारेका एक खुलासा