तनुश्रीको प्रश्न: मेरा लागि कुनै सहानुभूति छैन आमिर ? 

एजेन्सी । निर्देशक भुसाल कपुरको फिल्म ‘मोगुल’ मा आमिर खानले पुनः काम गर्ने विषय निकै चर्चामा आएको छ । उनले फिल्ममा काम गर्ने विषयमा अभिनेत्री तनुश्रीले केही प्रश्न उठाएकी छन् । उनले एक कुराकानीमा भनिन्– ‘जब एक महिला उत्पीडनको सिकार भएकी हुन्छे, जसले गर्दा उनी केही पनि काम गर्न सक्दिन तर पनि बलिउडमा किन कसैलाई चिन्ता हुँदैन । एक आरोपितसँग काम गर्न सक्छन् भने त्यो पीडित महिलासँग किन कोही काम गर्न चाहँदैन ।’ 

मीटुको आरोपितलाई मात्र सहानुभूति किन ?

तनुश्रीले एक कार्यक्रममा भनेकी छन्, ‘सिर्फ मीटुको आरोपितका लागि मात्र सहानुभूति किन आइरहेको छ । केही दयाभाव पीडकलाई पनि दिनुस् । सहानुभूति सबैका लागि हुनुपर्छ । के एक बलिउड सेलिब्रेटी भएँ भन्दैमा उनीहरूका लागि सहानुभूति छैन । जब ‘हर्न ओके प्लिज’ एपिसोडपछि मेरो जीविका लुटियो, कसैले मलाई सोध्यो म कसरी अगाडि बढिरहेको थिएँ भनेर ? मेरा लागि कुनै सहानुभूति छैन आमिर ?’

वास्तवमा अघिल्लो वर्ष तनुश्रीले नाना पाटेकरलाई यौन शोषणको आरोप लगायसँग मी टु अभियानको सुरुवात गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘२००९ मा रिलिज भएको फिल्म ‘हर्न ओके प्लिज’ को सेटमा उनलाई गलत तरिकाले छुने कोसिस गरिएकाे थियो । यही विषयमा उनले आवाज उठाउँदा उनी फिल्मबाट निकालिएकी थिइन् । फिल्म युनिटका कसैले पनि उनलाई साथ दिएका थिएनन् । 

भुसाल कपुरलाई कलाकार गीतिका त्यागीले यौनशोषण गरेको आरोप लगाएकी थिइन् । तर पनि आमिर खानले गुलशन कुमारको बायोपिक ‘मोगुल’ मा काम गर्न अस्वीकार गरेका थिए । तर, अब फेरि उनले यही फिल्ममा काम गर्ने भएका छन् । आमिर खानका अनुसार भुसालसँग १०–१२ महिनादेखि कुरा भइरहेको छ । उनले उनको आसपासमा जोडिएका सबैसँग कुरा गरिरहेकाे तर कोही पनि उनीसँग असहज नरहेको बरु  सबैले रुचाएका बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर