निर्मलको ‘बाँचेकै छु जसोतसो’ गीत  सार्वजनिक 

काठमाडौं । इलाम, सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण–कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकैछु जसो तसो’ बोलको  गीतको म्युजिक भिडियो सार्वजनिक भएकोको छ ।

संगीतकार  निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् भने यस वर्षको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्री को स्वर रहेको छ । 

विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको  भिडिओमा ऋचा थापा , सुमन खतिवडा र अमर दिपलाई अभिनय गराइएको छ ।

किर्तिपुरको चोभार साथै दरबार मार्ग क्षेत्रका रमणीय स्थानहरुमा छायांकन गरिएको  भिडियोमा युवराज वाइवाले भिडियोलाई निर्देशन गरेका छन् भने उत्सब दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर