अभिनेता धर्मेन्द्रलाई डेङगी, तीन दिन अस्पतालपछि घर फिर्ता

एजेन्सी  ।  बलिउड स्टार धर्मेन्द्रलाई केही दिन अगाडी अस्पतालमा भर्ना गरिएको थियो । सोमबार बेलुका उनी अस्पतालबाट घर फर्किएका छन् । भारतीय मिडियाले जनाए अनुसार धर्मेन्द्रलाई डेङगी भएको थियो । 
 
उनलाई छोरा बोबी देओलले अस्पतालम भर्ना गराएका थिए । उनी ८३ वर्षको भए । भारतीय मिडियाले जनाए अनुसार धर्मेन्द्रलाई छिट्टै घर जानको लागि पूर्ण रुपमा निको नभइनै अस्पतालबाट घर पठाइएको थियो । 

पछिल्लो समय धर्मेन्द्र विभिन्न कार्यक्रममा सहभागी भई नाती करण देओलको फिल्म ‘पल पल दिल के पास’ को प्रचार प्रसारमा देखिएका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर