गीत ‘फोटो खिचेर’ मा सलोन र अन्जली रोमान्स

काठमाडौं । फिल्म ‘माया पिरिम’ को ‘फोटो खिचेर’ बोलको गीत सार्वजनिक भएको छ । लेखु सहयात्री र बिन्दु परियारको स्वर रहेको गीतमा सलोन बस्नेत, अन्जली अधिकार, कोशिश क्षेत्रीको अभिनय रहेको छ । 

टेक पौरखी राईले निर्देशन गरेको फिल्ममा कोशिश क्षेत्री, किरन चन्द, अनुपम भन्डारी, सलोन बस्नेत, अन्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, विशाल पहडी, रमन राई लगायत कलाकारको अभिनय रहेको छ । 

निरज कँडेलले छायांकन गरेको फिल्मलाई कृष्ण भन्डारीले सम्पादन गरेका छन् । यो फिल्म मंसिर २० गते देखि प्रर्दशन हुँदैछ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर