मिस वर्ल्डमा ‘हेड-टु-हेड च्यालेन्ज’को समूह विजेता बनिन् मिस नेपाल अनुष्का श्रेष्ठ

काठमाडौं । बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अुनष्का श्रेष्ठ ‘हेड–टु–हेड च्यालेन्ज’को समूह विजेता बनेकी छिन् । उनले तान्जानिया, गिब्राल्टार, पोल्याण्ड, मेक्सिको र द केमन आइल्याण्डलाई पछि पार्दै समूह विजेता बनेकी हुन् । अनुष्का ‘हेड–टु–हेड च्यालेन्ज’को दोश्रो चरणमा प्रवेश गरेकी छिन् । 

मिस वर्ल्डको हेड–टु–हेड च्यालेन्ज अन्तर्गत समूह १० मा परेकी अनुष्का श्रेष्ठले भोली मंगलबार दोश्रो चरणमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछिन् । दोश्रो चरणबाट उत्कृष्ट १० जना प्रतिस्पर्धी छानिनेछन्, जसले सिधा टप–४० मा प्रवेश गर्ने अवसर पाउनेछन् । 

‘हेड–टु–हेड च्यालेन्ज’ अन्तर्गत आफू समूह विजेता बनेको अनुष्का श्रेष्ठले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै बताएकी छिन् । भोटिङकै कारण यस विधाको पहिलो चरणको विजेता बनेको भन्दै अनुष्काले मिस मल्टिमिडियाका लागि भोटिङ गर्न सबै नेपालीलाई आग्रह गरेकी छिन् । 

यसका लागि आधिकारिक फेसबुक पेज, इन्स्टाग्राम पेज, मोबस्टार तथा मिस वर्ल्डको अफिसियल बेसाइटमा गएर भोट गर्न सकिने अनुष्काले बताएकी छिन् । 

नेपालको प्रतिनिधित्व गर्दै बेलायतको लण्डन पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठले टप मोडल, बेस्ट इन ट्यालेन्ट, खेल, ब्युटी बिथ प्रपोज र मिस मल्टिमिडिया लगायत विधामा प्रतिप्रर्धा गरिरहेकी छिन् । 

त्यस्तै मिस वर्ल्डको मल्टिमिडिया अवार्डको लागि भोटिङ खुला छ । मिस वर्ल्डको फाइनल यही डिसेम्बर १४ तारिखका दिन हुँदैछ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर