‘धुर्मुस’ र ‘सुन्तली’ को फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक 

काठमाडौं । पछिल्लो समय कलाकारिता भन्दा समाजसेवामा सक्रिय हाँस्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण रहेको पहिलो फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक भएको छ ।  

फिल्म दयाहाङ राई , राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।  फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्मको यो भन्दा अगाडी ‘फनफनी’ बोलको गीत र पोस्टर सार्वजनिक भइसकेको छ भने दुबैले सकरातम प्रतिक्रिया पाएको छ । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर