आदित्यको विषयमा नेहाको खुलासा : ‘म खुशी छु,मेरो साथीको प्रेमीकासँग विवाह हुँदैछ’ 

एजेन्सी । नेहा कक्कड र आदित्य नारायणको विवाहको खबरले ‘इन्डियन आइडल सिजन ११’ को टिआरपीलाई धेरै माथि पुग्याे । सोमा नै यी दुई जोडिको विवाहको विधीसमेत सुरु भयो तर विवाह भने भएन  । यही बिचमा नेहाले आदित्यसँग जोडिएको नामको विषयमा केही खुलासा गरेकी छन् । 

नेहा कककडले टाइम्स अफ इन्डिया वेबसाइडमा एक अन्तर्वाता दिदै भनिन् –‘आदित्य निकै राम्रो मान्छे हो । उसको मन निकै सफा छ । मलाई यो कुराको  खुशी लागिरहेको छ  कि मेरो साथीको यही वर्ष आफ्नो प्रेमीकासँग विवाह हुुँदैछ । म उनीहरुलाई धेरै शुभकामना दिन्छु । यी दुबैको साथ आजको जस्तै ताजा रहिरहोस् । ’

आदित्य र नेहको विवाह त्यतिबेला देखि चर्चामा आएको थियो जब यी दुईले स्वयमबरको माला लगाइएको भिडियो भाइरल भएको थियो तर भिडियो इन्डियल आइडलको सेटको थियो । 

आदित्यले एक अन्तर्वातामा भनेका थिए–‘ यदि मैले जीवनको बारेमा यति ठूलो निर्णय गर्ने अवस्था आयो भने म आफै सबैको कुरा सार्वजनिक गर्ने छु । नेहा र मेरो विवाहको कुरा एक रमाइलोको लागि सुरु गरिएको थियो तर सबैले यस कुरालाई सच्चाइको रुपमा लिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर