गायक अमृत खातीको शब्दमा ‘हाम्रो माटो’ गीत सार्वजनिक

काठमाडौं ।  ‘मुठी उचाली उठौँ नेपाली, माटो बचाउन जुटौँ नेपाली’ चर्चित गायक अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको सङ्गीतमा सामूहिक देशभक्तिपूर्ण गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ ।

कोरोना भाइरसको महामारीसँग जुधिरहेको अवस्थामा नेपालको भूमिबाट भारतले चीनको मानसरोवर जाने बाटोको औपचारिक उद्घाटन गरेपछि  नेपाली भूमिको संरक्षणमा सबै जुट्नका लागि उक्त हाम्रो माटो सार्वजनिक गरिएको हो । गायक खातीले आज भने, “नेपालको भूमि हुँदै भारतले मानसरोवर जाने सडक बनाएको सुनेपछि मनै सिरिङग भयो, आफ्नै छाती थिचिएझै महसुस भयो, त्यसपछि गीतमार्फत आवाज उठायौँ ।”

नेपाली भूमीको संरक्षणका लागि सार्वजनिक भएको गीतमा शब्दमा सिर्जना चर्चित हास्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेल, विक्रमजङ्ग शाह, सिर्जु अधिकारी, अनु अधिकरीको आवाज भरिएको छ । गीतमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ भने स्टुडियो मुर्चुङ्गा डिजिटल रहेको छ । यसैगरी रेकर्डिङ र मिक्सिङ सञ्जय शृपालको रहेको छ । देशभक्ति गीतको निर्देशन र सम्पादन हुम गैरेको गरेका छन् ।

सरकारले अहिले नेपालको आधिकारितक नयाँ नक्सा जारी गरिसकेको छ । आफ्नो पहिचानसहित स्वाभिमान बोकेका नेपालीका लागि नक्सामा भएको जमिन फिर्ता गर्न एकजुट हुन जरुरी छ । गायक खातीका अनुसार गीतमा उठान गरिएको शब्दहरुले सबै नेपालीका लागि हौसला र उत्प्रेरणा प्रदान गर्न सक्ने विश्वास लिइएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर