वर्षा सिवाकोटीको अनुरोध : कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनु होला

काठमाडौं । अभिनेत्री वर्षा राउत अहिले विवादमा परेकी छन् । नेपाल र भारतको सीमानाको विषयमा आफ्नो भनाइ प्रस्तुत गर्दा वर्षा विवादमा परेकी हुन् । उक्त अभिव्यक्ति विवादमा परेपछि क्षमा मागेकी उनले फेरि अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्ति पनि विवादमा परेको छ । 

विदेशमा बस्नेलाई देशको माया नहुने आशयको दोस्रो अभिव्यक्ति दिएपछि फेरि वर्षा राउत विवादमा परेकी छन् । वर्षा राउत विवादमा परेपछि अर्की अभिनेत्री वर्षा सिवाकोटीलाई तनाव सृजना भएको छ ।

वर्षा राउतको सामाजिक सञ्जालमा आलोचना भइरहँदा नाम मिलेकै आधारमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताले वर्षा सिवाकोटीमाथि खनिएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै नाम र थर हेर्ने  अनुरोध गरेकी छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर