दोषीलाई कडा भन्दा कडा कारबाही होस् सरकार–पूजा शर्मा 

काठमाडौं । अन्तरजातिय प्रेम सम्बन्धका कारण जाजरकोटमा हत्या भएका २१ वर्षीय नवराज विक र उनका अन्य दुई साथीको हत्यामा संलग्नलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग कलाकारहरुले राखेका छन् । यसैक्रममा अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जाल मार्फत देशमा अनेक नायँ रोगहरु उत्पन्न हुँदा पनि सोच भने उही पुरानो रहेकोमा आक्रोस पोखेकी छन् । 

उनले लेखेकी छन् ‘रोग चाहिँ नयाँ आउन थाली सक्यो तर हाम्रो सोचमा चाहिँ कहिले नयाँपन आएन हो । समानता नै मानवाताको पहिलो आधारशिला हो भन्ने तथ्य कहिले बुझ्छौ होला है हामीले ?’, पूजाको प्रश्न छ, ‘अब रोगसँग लड्नु कि छिमेकीको मिचाइबाट लड्नु कि आफ्नै घर भित्रको अन्तर जातीय विभेदसँग लड्नु ? साँच्चै नै गाह्रो छ स्थिति ।’‘भगवान हामी सबैलाई सदबुद्धी र सहि बाटो देखाऊ । दोषीलाई कडा भन्दा कडा कारबाही होस् सरकार ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर