कोरोना कहरबीच फिल्म ‘अवतार’ को सिक्वेल सुटिङको लागि न्युजिल्याण्ड पुग्यो निर्माण टोली

एजेन्सी । हलिउड फिल्म ‘अवतार’ को सिक्वेलको सुटिङको लागि निर्देशक जेम्स क्यामरुन र निर्माता जोन लोदौ न्युजिल्याण्डको वेलिंग्टन पुगेका छन् । उनीहरुको साथमा ५० जनाको टोली छ । लोदौले इन्स्ट्रग्राममा अवतारको टिम न्युजिल्याण्ड पुगेको र सरकारको निर्देशन अनुसार नै काम गर्ने जानकारी दिएका छन् । 

निर्माताका अनुसार उनीहरु ५४ यात्रीसहित चार्टर्डबाट त्यहा पुगेका हुन् । कोरोना भाइरस संक्रमणको कारण न्युजिल्याण्ड सरकारले मार्चको मध्यसम्म बन्दको घोषणा गरेको थियो जसको कारण उनीहरु सुटिङ छोडेर फर्केका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर