चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त भएका छन् । बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दाहालसँगै भुवन केसी र राजेश थापाको नाम सिफारिस गरेको थियो । गत बिहीबार मन्त्रालयले दरखास्त दिने १० जनामध्ये तीनजनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो ।  

भुवन केसी, दयाराम दाहाल र राजेश थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले अध्यक्ष पदका लागि आवेदन दिएका थिए । १० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सोही समितिले मन्त्रिपरिषद समक्ष तीनजनाको नाम सिफारिस गरेको थियो । 

गत वर्षको मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले गत महिना आवेदन आह्वान गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर