बलिउड कास्टिङ डाइरेक्टर कृष कपुरको निधन

एजेन्सी । बलिउड लगातार शोकमा डुबिरहेको छ । केही दिन अगाडी संगीतकार वाजिद खानको निधन भएको थियो । त्यसको दुखसंगै फेरी अर्का कलाकारको निधन भएको छ । बलिउड फिल्म कास्टिङ निर्देशक कृष कपुरको निधन भएको छ । २८ वर्षका कृषकको निधनको अबर उनको परिवाले दिएका हुन् । 

भरतीय सञ्चार माध्यममले दिएको जानकारी अनुसार उनको निधन ब्रेन ह्यामरेजको कारण भएको हो । उनलाई मुम्बईको मिरा रोडको घरमा बेहोस भेटिएको थियो । अस्पताल लाने क्रममा उनको निधन भएको हो । उनको निधन मे ३१ म भएको हो । 

कृषको परिवारमा आमा ,श्रीमती र ७ वर्षको बच्चा छन् । कृष कपुरले सन् २०१८ मा रिलिज भएको रोमान्टिक ड्रामा फिल्म ‘जलेबी’ मा कास्टिङ निर्देशकको काम गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर