पाँच जना डाक्टरले हेरेको सुशान्तको अन्तिम पोस्टमार्टम रिपोर्ट सार्वजनिक

मुम्बई । अभिनेता सुशान्तले सिंह राजपुतले जुन १४ मा मुम्बईमा रहेको आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरे । अब उनको अन्तिम पोस्टमार्टम रिपोर्ट सार्वजनिक छ ।  ५ जना डाक्टरले तयार गरेको रिपोर्टमा उनको मृत्यु झुन्डिएको अवस्थामा सास रोकिएको कारण भएको हो । 

भिसेरा रिपोर्टको प्रतिक्षामा पुलिस
रिपोर्टका अनुसार सुशान्तको भिसेरा रिपोर्ट आउन बाँकी छ । मुम्बई पुलिसका अनुसार पोस्टमार्टम रिपोर्ट आउनु अगाडी सुशान्तको हत्याको सम्भावना कस्तो छ, यस विषयमा परिवारले सीबीआइसँग अनुसन्धान गर्न माग गरेका छन् । 

अहिलेसम्म २३ जनाको बयान दर्ता
सुशान्तको आत्महत्यापछिपरिवार साथीभाई , पुरानो म्यानेजर प्रेमिका रिया चक्रवतीसहित पुलिसले २३ जनाको बयान दर्ता गराएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर