शुसान्तको परिवार भेटेर भावुक बनेका नाना पाटेकर 

पटना । अभिनेता नाना पाटेकर आइतबार स्वर्गीय अभिनेता शुसान्त सिंह राजपुतको घरमा गएका थिए । उनको परिवारलाई भेटेर नाना पाटेकर निकै भावुक बनेका थिए । उनले शुसान्तको बुबा कृष्णा सिंहलाई आफूलाई सम्हाल्न आग्रह गरेका थिए । 

नानाले भने –‘शुसान्त मनको निर्क सफा मनाका थिए । उनको असामयिक निधनले पुरै देश चिन्तामा डुबेको छ । उनले पकै पनि न्याय पाउने छन् । ’

नाना पाटेकर केही दिनेखि पटनामै छन् । उनी एक आइएनजीओले सञ्चान गरेको कार्यक्रमको लागि त्यहाँ गएका थिए । यही क्रममा उनले शुसान्तका परिवारलाई भेटेका हुन् । शुसान्तको निधनपछि उनको परिवारलाई भेट्न देशका नेताहरुदेखि कलाकारहरु जाने क्रम जारी छ । 

अभिनेता शुसान्त सिंहले जुन १४ मा मुम्बइमा रहेको आफ्नो फ्याटमा आत्महत्या गरेका हुन् । उनको फ्यान र बलिउडका केही कलाकारले सुशानतले आत्महत्या गर्नुको कारण नेपोटिज्म रहेको बताउँदै आएका छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर