साम्राज्ञीको भुवन केसीलाई जवाफ–यो सिचोसन आएको नै तपाईले गर्दा हो 

काठमाडौं ।अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले गत शुक्रवार सामाजिक सञ्जालमा एक भिडियो पाेस्ट गर्दै फिल्म सुटिङ सेटमा बेला राम्रो व्यवहार निर्माता निर्देशकले नगरेको भन्दै आफूले भोगेको अनुभव सेयर गरेकी थिइन् ।  उनले सुटिङका बेला खाना र पानी माग्दा निर्माता र निर्देशकले अपशब्द बोल्ने र आक्रोस पोख्ने गरेको र कलाकारलाई सम्मान व्यवहार नगरेको बताएकी थिइन् । उनले बोलेको केही घण्टामै अभिनेता तथा निर्माता भुवन केसीले फेसबुकमा स्टाटस लेख्दै ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोश पोखेका थिए । उनले साम्राज्ञीलाई लक्षित गर्दै, सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा गरेर देखाउन पनि आग्रह गरेका छन् ।

साम्राज्ञीले उनको स्टाटसको केहि छिन् मै प्रतिउत्तर दिएकी छन् । उनले फेरि एक घण्टापछि इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै, ‘एक जनाले के भन्नुभएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो पा¥यो । उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन । आज यो अवस्था आएकै उहाँले गर्दा हो ।’

उनले भिडियोमा भनेकी छन्, ‘कति कुराहरु मैले सहेर बसिरहेको थिए । मलाई कसैले सम्झाउने थिएनन् । नचिनेको नभेटेको मान्छेले अनेक कुरा गरिरहेको छ । मेरो काम हो मैले गर्नु पर्छ भन्ने लागेर र मेरो ममीले सपोर्ट गरेकोले यस फिल्म क्षेत्रमा आएको हो । तर मेरो परिवार फिल्म क्षेत्रको पनि होइन । अस्तिको मेरो भनाईको बारेमा आफुलाई धेरै म्याजेस आइरहेको छ । त्यसमा एकजनाले के भन्नु भएको छ भने , जुन थालमा खायो त्यहि थालमा दुलो पा¥यो ।’ उहाँले मसँग राम्रो व्यवहार गर्नुहुन्थ्यो भने त्यो ठाउँ कहिलै आउथेन ।’ यो सिचोसन आएको नै उहाँले गर्दा नै आएको हो । ’


उनले आफुलाई जापान अवार्डका बेला भुवन केसीले आफूमाथि नराम्रो व्यवहार गरेको बताएकी छन् । उनले आफुमाथी नराम्रो व्यवहार गरेको र त्यो आफुले सहेर बसेको उनको आरोप छ । भुवन केसीले अवार्डका बेला गरेको व्यवहार साम्राज्ञीले भनेकी छन्, , बाबा हेर पुरानो कुरा नकोट्या । ‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस् यस्तो कुरा नगर भनेर मलाई सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो । तै पनि हाँसी हाँसी जस्तो सुकै पनि हाँसेर बोल्दिछु क्या ।’

उनी भन्छिन््– ‘ती कुराहरु अलि टाढाबाट पनि भन्न सकिन्छ नी । गाला जोड्याएर, टाँस्सिएरै भन्नु पर्छ र ? छोरी अब यस्तो नगर है भन्दै गालामा मुख जोड्याएरै भनिराख्नुभएको थियो । तै पनि म सुनिरहेँ । उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन । त्यसैले मैले उहाँलाई ‘हुन्छ दाई’ भन्दै धकलेँ ।’ जाने बेलामा टेक कियर भन्दै जानुभयो । ’

उनले यो फिल्म क्षेत्रका काम गर्न निकै कठिन भएको  र मानिसहरुले फाइदा मात्र लिन खोज्ने आरोप लगाएकी छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर